Rule 10
निर्माण व्यवसायीको वर्गीकरण
(१) सार्वजनिक निर्माण कार्य गर्ने निर्माण व्यवसायीलाई योग्यताको
आधारमा वर्गीकरण गरिनेछ ।
(२) उपनियम (१) बमोजिम वर्गीकरण गर्दा देहाय बमोजिमको योग्यता भएको निर्माण
व्यवसायीलाई देहाय बमोजिम वर्गीकरण गरिनेछ ः–
(क) अनुसूची–१० बमोजिमको योग्यता हुनेलाई “क” वर्गको निर्माण व्यवसायी,
(ख) अनुसूची–११ बमोजिमको योग्यता हुनेलाई “ख” वर्गको निर्माण व्यवसायी,
(ग) अनुसूची–१२ बमोजिमको योग्यता हुनेलाई “ग” वर्गको निर्माण व्यवसायी,
(घ) अनुसूची–१३ बमोजिमको योग्यता हुनेलाई “घ” वर्गको निर्माण व्यवसायी ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अघि
प्रचलित कानून बमोजिम इजाजतपत्र प्राप्त निर्माण व्यवसायीले जुन वर्गको इजाजतपत्र प्राप्त गरेको
छ सोही वर्गमा स्वतः वर्गीकृत भएको मानिनेछ ।